आज घोषणा सँगै खुसीयाली

 नेपालीहरुको भाग्य भविष्य अनि नेपालको राष्ट्रियता सँग जोडिएको संघीय गणतन्त्र नेपालको नयाँ संविधान आज      जारी हुँदैछ । घोषणा गरिने संविधानसभा हल आज दुलही झै सिँगारिएको छ  ।
नयाँ बानेश्वरमा बस्ने संविधानसभाको अन्तिम बैठकबाट साँझ ५ बजे राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान जारी गर्ने कार्यक्रम रहेको छ  । यादवले जारी   गरेपछि लागू हुने र पुरानो अन्तरिम संविधान स्वतः खारेज हुने संवैधानिक व्यवस्था छ । तीन सय ५० पृष्ठको नयाँ संविधानमा ३७ भाग, तीन सय आठ धारा र नौ अनुसूची छन् । नयाँ संविधान जारी गर्ने तयारी सँगै अहिले जिल्ला जिल्लामा बिभिन्न खुशियाली मनाउने कार्यक्रम समेत तय गरिएका छन् ।
तराईका कतिपय जिल्लाहरुमा असन्तुष्टि कायमै रहेका भएपनि अधिकाँस जिल्लाहरुमा नयाँ संविधानको स्वागत गरिने तयारीले नेपाल र नेपालीहरु भाग्य र भविष्य सँग नयाँ संविधानले नयाँ उचाई थप्ने आशा   गरिएको छ ।
आज घोषणा हुने संविधानको औपचारिक कार्यक्रम सम्पन्न गरेपश्चात राष्ट्रपतिको     सवारीमा गरिने औपचारिक स्वागत र बिदाइ, अन्य अतिथिको स्वागत र समारोह दृश्यावलोकनका लागि स्थानको तय गरिसकेको छ । संविधान घोषणा गरेको खुशियालीमा सचिवालयले रात्रिभोजका लागि समेत विशेष   तयारी गरेको छ । अव संविधान जारी भएपश्चात उल्लेख गरिएका कुराहरुको कार्यान्वय तर्फ लाग्न सके नेपालको भाग्य र भविष्य निर्माणमा सहजता हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार